दफा १२
फरार अभियुक्त वा कसूरदारलाई अदालत समक्ष पेश गर्ने
दफा ११ बमोजिम जारी भएको पक्राउ पूर्जीको आधारमा पक्राउ परेको फरार अभियुक्त वा कसूरदारलाई प्रहरीले बाटोको म्याद बाहेक पक्राउ परेको चौबीस घण्टाभित्र सम्बन्धित जिल्ला अदालतमा पेश गरी सो अदालतको आदेश बमोजिम थुनामा राख्नु पर्नेछ ।